Logo

स्वाजील्यान्डका राजाले किन बदल्दैछन् देशको नाम ?



Spread the love

एजेन्सी । विश्वमा धेरै कम मुलुकहरुले मात्र आफ्नो देशको नाम परिवर्तन गर्ने गरेका छन् । यसैको सूचीमा अहिले स्वाजील्यान्ड भन्ने देश पनि परेको छ जसका राजा मस्वाती तृतियले अनौठो कारण देखाउँदै बिहिबार देशको नाम बदल्ने घोषणा गरेका हुन् ।

अफ्रिकाको दक्षिणतर्फ रहेको भुपरिवेष्ठित देश, स्वाजील्यान्ड अत्यन्तै गरिब र ग्रसित मुलुकका रुपमा चिनिने गरेको छ । देशका आधा भन्दा बढी जनताको आर्थिक स्थिति अत्यन्तै खराब रहेको छ भने अधिकांश मानिसहरु एचआइभी संक्रमित छन् । संचार एजेन्सी न्युयोर्क टाइम्सका अनुसार पछिल्लो समय त्यहाँ कृषि क्षेत्रमा दुर्लभ किराको माहामारीका कारण मानिसहरुले लगातार खडेरीको सामना गर्नु परिरहेको छ भने मानिसहरुको औसत आयु पनि केबल ५० वर्षसम्म मात्र रहेको छ ।

तरपनि करिब १४ लाखको जनसङ्ख्या रहेको सो मुलुकका सम्पूर्ण जनता बिहिबार आश्चर्यमा परेका हुन् । राजा मस्वातीले देशको नाम परिवर्तन गर्ने बताउँदै अबदेखि ‘स्वाजील्यान्ड’ लाई ‘स्वातीनी’ का नामले बोलाइने आधिकारिक घोषणा गरेका हुन् । स्वातीनीको अर्थ स्वाजील्यान्डको स्थानीय भाषामा ‘स्वाजीको भूमि’ रहेको बताइएको छ । सन् १९८६ देखि शाषन गर्दै आएका मस्वातीले बिहिबार आफ्नो पचासौँ जन्मदिनका अवसरमा यस्तो निर्णय सुनाएका हुन् ।

वास्तवमा स्वाजील्यान्डलाई विश्वमा अत्यन्तै थोरै देशले मात्र चिन्ने हुनाले विदेश भ्रमणमा जाँदा समेत ‘स्वाजील्यान्ड’ लाई ‘स्वीट्जरल्यान्ड’ ठान्ने गरेकाले आगामी दिनहरुमा यस्तो द्वीविधा नहोस् भनेर उनले सो निर्णय लिएको रोएटर्सले जनाएको छ । सन् १९६८ मा ब्रिटिस शाषनबाट मुक्त भएपछि बेलायतका अधिकांश कोलोनी राज्यहरुले देशको नाम परिवर्तन गरेपनि स्वाजील्यान्डले भने यथावत् राखेको थियो ।

प्रतिक्रिया दिनुहोस्