Logo

कर्णाली प्रदेशमा जागिरको अवसर, स्टाफ नर्सदेखि सबइन्जिनियर सम्म माग



Spread the love

२५ चैत, कर्णाली । कर्णाली प्रदेश सरकारले रोजगारीको अवसर खुलाएको छ । शुक्रबार एक सुचना जारी गर्दै प्रदेश सरकारले स्वयंसेवक परिचालन कार्यक्रममा कर्मचारी भर्नाका लागि दरखास्त आह्वान गरेको हो ।

उक्त सुचना अनुसार सामाजिक विकास मन्त्रालयले १३३ जना हेल्थ अस्टिस्टेण्ट, ल्याब असिस्टेण्ट, स्टाफ नर्स, सबइन्जिनियर, कम्प्युटर अपरेटर, प्राविधिक सहायक (शिक्षा) अनमी, अहेव, कृषि (जेटिए), असवइन्जिनियर, भेटनरी जेटिए, इलेक्ट्रिकल सबइन्जिनियर र अमिन गरी १३३ जना माग गरेको छ ।

योग्यता पुगेका व्यक्तिहरूले सुचना प्रकाशित भएको १५ दिनभित्र आवेदन दिन सक्नेछन् । छनाैट भएकाहरूले सुर्खेत, सल्यान, दैलेख, जाजरकोट र रुकुम पश्चिम, कालीकोट र जुम्ला, मुगु, डोलपा र हुम्लामा काम गर्नु पर्ने उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्