Logo

सडक दुर्घटनामा परी २० जनाको ज्यान गयो



Spread the love

७ वैशाख, एजेन्सी । नाइजेरियामा मंगलबार भएको सडक दुर्घटनामा परेर कम्तीमा पनि २० जनाको ज्यान गएको बताइएको छ । नाइजेरियाको उत्तर पश्चिमी राज्य बाउचीमा सडकमा गुडिरहेका बस एक आपसमा ठोक्किन पुग्दा यो दुर्घटना भएको थियो ।

सो दुर्घटनामा परेर २० जनाको ज्यान गएको र अरु केही घाइते भएका सो राज्यका प्रहरी प्रवक्ताले जानकारी दिएका छन् । प्रहरीका अनुसार ती दुवै सवारी साधनको गति उच्च भएका कारण दुर्घटना भएको थियो । उक्त क्षेत्रको सडकको अवस्था तथा सवारी साधनका चालकहरुले प्रायः उच्च गतिमा सवारी गुडाउने भएकाले यसअघि पनि बारम्बार दुर्घटना हुने गरेको प्रहरीले जनाएको छ ।

नाइजेरियामा सडकको दुराबस्था, असुरक्षित ड्राइभिङका कारणले नै यहाँ प्रायः सडक दुर्घटना हुने गरेको प्रहरीको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्