Logo

‘सबै उमेर समूहका जनाता एमालेमा आकर्षित छन्’



Spread the love

९ वैशाख, काठमाडाैँ । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले सबै उमेर समूहका जनता एमालेमा आकर्षित भइरहेको बताएका छन् । नेपाल कम्युनिष्ट पार्टीको ७४औँ स्थापना दिवसको अवसरमा आयोजित पार्टी कार्यालय स्थानान्तरण तथा ‘कम्युनिष्ट योद्धा सम्मान’ कार्यक्रममा उनले ज्येष्ठ नागरिक, युवा, किशोरकिशोरी र बालबालिका सबै एमालेप्रति आकर्षित भइरहेको बताए । देशभरमा नै पार्टी प्रवेशको लहर नै चलेको उनको भनाइ छ । उनले भने, “ज्येष्ठ नागरिकको आर्शिवाद एमालेसँग छ भने युवाको आशा र भरोसा छ ।”

देश र विदेशमा रहेका नेपालीको मनमा एमाले रहनु नै सफलता भएको पूर्वप्रधानमन्त्री ओलीले बताए । सरकारमा रहँदा गरेका कामभन्दा पनि सबैको मनमनमा एमाले छाउनु ठूलो सफलता भएको उनको भनाइ छ । सरकारमा पुग्नुभन्दा पनि सबै नेपालीको मुहारमा खुसी फैलाउनु एमालेको उद्देश्य भएको अध्यक्ष ओलीले बताए । उनका अनुसार पार्टीले कुनै पनि नेपालीको अनुहारमा गरिबीको धर्सा नदेखिने गरी आफ्ना पार्टीको उद्देश्य बनाएको छ । उनले भने, “पार्टीले अभाव हटेर सुखी र खुसी जनता देख्न चाहेको छ ।”

पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सबै स्थानीय तहले आर्थिक विकास र उत्पादनमा जोड दिएर अघि बढ्नुपर्नेमा जोड दिए । पार्टीले बामपन्थी आन्दोलनमा योगदान पुर्याएका १७ जना योद्धालाई सम्मान गरेको छ ।

प्रतिक्रिया दिनुहोस्