Logo

पूर्ण डोज खोप लगाएको कति महिनापछि लगाउन पाइन्छ बुस्टर डोज ?



Spread the love

१० वैशाख, काठमाडाैँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरस विरुद्धको खोप तीन महिना पूरा भएपछि पुनःबुस्टर खोप लगाउने भएको छ ।

यसअघि पूर्ण मात्रा खोप लगाएको ६ महिना पूरा भएकालाई मात्र बुस्टर खोप लगाउने मिल्ने भएता पनि अबदेखि पूर्ण मात्रा खोप लगाएको तीन महिना पूरा गरेकालाई बुस्टर खोप दिन थालिएको मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले जानकारी दिए । पछिल्लो अध्ययनले पूर्ण खोप लगाइएको तीन महिना पूरा भएकालाई पनि बुस्टर खोप लगाउने मिल्ने देखिएको हो । मन्त्रालयले १८ वर्षदेखि माथिका उमेर समूहलाई पूर्ण खोप लगाएको तीन महिना पूरा भएकालाई बुस्टर मात्रा खोप लगाउन आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्