Logo

पूर्वराज्यमन्त्री डिम्पल झाको निधन



Spread the love

११ वैशाख, काठमाडाैँ । संविधानसभा सदस्य डा डिम्पलकुमारी झाको आज बिहान निधन भएको छ । क्यान्सर रोगबाट पीडित उनको आज बिहान काठमाडौँको रानीबारीस्थित निवासमै निधन भएको हो । पूर्व राज्यमन्त्रीसमेत रहेकी झा हाल लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बाट मधेश प्रदेशको प्रदेशसभा सदस्य थिइन् । लोसपाका नेता एवं पूर्वमन्त्री अनिल कुमार झाकी पत्नी उनि दुई वर्षदेखि क्यान्सरबाट पीडित थिइन् ।

करिब दुई महिना अघिदेखि भक्तपुर क्यान्सर अस्पतालमा उनको उपचार भइरहे पनि पछिल्लो समय चिकित्सको सल्लाहमा घरमै रेखदेख भइरहेकामा आज बिहान निधन भएको लोसपाका केन्द्रीय कार्यकारिणी सदस्य केशव झाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्