Logo

हेलिकप्टरमार्फत सुत्केरीको उद्धार



Spread the love

१२ वैशाख, म्याग्दी । पश्चिम म्याग्दीको धवलागिरि गाउँपालिका–५ मराङ बुलबाट हेलिकप्टरमार्फत सुत्केरीको उद्धार गरिएको छ । शिशुसहित उद्धार गरी उनलाई कास्कीको पोखरास्थित गण्डकी अस्पताल पु¥याइएको छ ।

टीका विकलाई थप उपचारका लागि हेलिकप्टरमार्फत पोखरा पठाइएको मराङ स्वास्थ्य चौकीले जनाएको छ । गण्डकी प्रदेश सरकार, स्वास्थ्य निर्देशनालय पोखरा तथा जनसङ्ख्या मन्त्रालयसँग समन्वय गरी उनको उद्धार गरिएको मराङ स्वास्थ्य चौकीका अनमी दालकुमारी गर्बुजाले जानकारी दिए । सुत्केरीको घरमै पुगेर स्वास्थ्यकर्मीले सेवा दिए पनि थप उपचारको आवश्यकता भएकाले विकलाई पोखरा लगिएको हो ।

प्रतिक्रिया दिनुहोस्