Logo

रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा तीन जनाको मृत्यु



Spread the love

१३ वैशाख, धनुषा । धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–५ सिन्धुलीटोलमा आज बिहान ट्रकमा मोटरसाइकल ठोक्किँदा तीन जनाको मृत्यु भएको छ ।

ना.२ख ८६२४ नंको ट्रकमा लु८३ प ८६५१ नंको मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार तीनै जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा धनुषाको जनकपुरधाम उपमहानगरपालिका–४ का १९ वर्षीय सुमित टिण्डेवाल र धनुषाकै बिदेह नगरपालिका–६ का २२ वर्षीय अविनाश मण्डलको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाका प्रहरी निरीक्षक चन्द्रभूषण यादवले जानकारी दिए । मृतक एकजनाको खनाखत हुन नसकेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परेर गम्भीर घाइते भएका तीनै जनालाई उपचारका लागि तत्काल जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा ल्याइएको थियो । उपचारकै क्रममा तीनै जनाको मृत्यु भएको प्रहरीको भनाइ छ । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्