Logo

हप्तामा २ दिन बिदा दिने सरकारको निर्णय, कुन-कुन बार हुन्छ बिदा ?



Spread the love

१४ वैशाख, काठमाडाैँ । सरकारले हप्तामा २ दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले जेठ १ गतेदेखि लागु हुनेगरी हप्तामा २ दिन सार्वजनिक बिदा दिने निर्णय भएको बताएका हुन् ।

‘हाललाई परीक्षणको रुपमा २०७९ जेठ १ देखि लागू हुने गरी बिहान ९ः३० बजे र साँझ ५ः३० सम्म कार्यालय कायम गर्ने । शनिबार र आइतबार सातामा दुई दिन सार्वजनिक बिदा दिने ।’ मन्त्रिपरिषद्को निर्णयमा उल्लेख गरिएको छ ।

नेपाल आयल निगमले समेत हप्तामा २ दिन सार्वजनिक बिदा दिन सरकारलाई दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्