Logo

मतदाताका पाउमा हजारका नोट राखेर भोट माग्दै वडा अध्यक्षका उम्मेद्वार



Spread the love

१९ वैशाख, सिन्धुपाल्चोक । स्थानीय तहको निर्वाचनका उम्मेद्वारले पैसा दिएर गोडा(पाउ) मा ढोग्दै भोट मागेको पाइएको छ ।

सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका वडा नं १० का वडा अध्यक्षका उम्मेद्वार अमृत खनालले मतदातालाइ पैसा सहित पाउमा ढोग्दै भोट मागेको पाइएको हो ।

उनी नेपाली कांग्रेसबाट वडा अध्यक्षको टिकट पाएका उम्मेद्वार हुन् । उनी अहिले चुनावी प्रचारप्रसारका क्रममा घरदैलो अभियानमा छन् ।

स्थानीयका अनुसार अहिले उनी प्रत्येक घरमा पुग्दै पैसा सहित पाउमा ढोग्दै भोट मागिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्