Logo

कसले गर्यो त्रिभुवन विमानस्थलमा बम राखेको भन्दै फोन ?



Spread the love

२१ वैशाख, काठमाडाैँ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा बम राखेको भन्दै फोन गरिएको छ । बुधबार बिहान अज्ञात व्यक्तिले विमानस्थलको आन्तरिक टर्मिनलमा बम राखेको भन्दै फोन गरेका हुन् ।

बम राखिएको हल्लापछि त्रिभुवन विमानस्थल खाली गराइएको छ। विमानस्थलको आन्तरिकतर्फ प्रवेश गरेका सबै यात्रुलाई बाहिर निकालिएको छ ।

विमानस्थलको ल्याण्डलाइन नम्बरमा कसैले फोन गरेर आन्तरिक टर्मिनलमा बम भएको बताएका थिए । यस खबरसँगै विमानस्थलमा नेपाली सेनाको बम डिस्फोजल टोली र ठूलो संख्यामा सशस्त्र प्रहरीको टोली परिचालन गरिएको छ ।

अहिले प्रहरीले बम राखेको भन्दै फोन गर्ने व्यक्तिको व्यापक खोजी गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्