Logo

श्रीमतीलाई कुटपिट गरी घाइते बनाउने तन्डुकारको मृत्यु



Spread the love

२४ वैशाख, काठमाडाैँ । मादक पदार्थ सेवन गरी श्रीमतीलाई कुटपिट गरी घाइते बनाउने काजिमान तन्डुकारको मृत्यु भएको छ । बढैयाताल गाउँपालिका–८ शितलाबजारका तन्डुकार अचेत अवस्थामा फेला परेपछि उपचारका लागि लैजाने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिए ।

श्रीमतीलाई कुटपिट गर्ने तन्डुकारको खोजतलास गर्ने क्रममा घरभन्दा १५० मिटर टाढा अचेत अवस्थामा पल्टिएको फेला परेका उनलाई उपचारको लागि बर्दिया अस्पताल लैजाने क्रममा मृत्यु भएको हो । कुटपिटबाट घाइते भएकी बीरमाया तन्डुकारको आरके मेडिकल शितलाबजारमा सामान्य उपचारपछि थप उपचारको लागि नेपालगञ्ज मेडिकल कलेज नर्सिङ होममा पठाइएका छ ।

प्रतिक्रिया दिनुहोस्