Logo

पोखरा महानगरको मतगणना सुरु



Spread the love

३१ वैशाख, पोखरा । स्थानीय तह सदस्य निर्वाचनअन्तर्गत पोखरा महानगरपालिकामा आज दिउँसो ४ः१५ बजेदेखी मतगणना सुरु भएको छ । यसअघि बिहान बसेको सर्वदलीय बैठकले दिउँसो २ बजेदेखि मतगणना सुरु गर्ने सहमति गरे पनि दुई घण्टा ढिलो गरी गणना सुरु भएको ।

पोखरा–१२ बाट अहिले गणना सुरु गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी निलप्रसाद पनेरुले जानकारी दिनुभयो । अहिले नगर विकास समितिको हलमा गणना भइरहेको छ ।

पोखरा महानगरपालिकामा दुई लाख सात हजार ७१२ मतदाता रहेकामा एक लाख ४३ हजार २२८ मत खसेको थियो । पोखरा महानगरको प्रमुखमा सत्ता गठबन्धनबाट नेकपा(एकीकृत समाजवादीका) धनराज आचार्य र नेकपा(एमाले)बाट कृष्ण थापाबीच मुख्य प्रतिस्पर्धा हुने आकलन छ ।

प्रतिक्रिया दिनुहोस्