Logo

ह्वात्तै बढ्यो पेट्रोल, डिजेल र मट्टितेलको मूल्य



Spread the love

३१ वैशाख, काठमाडाैँ । डिजेल, पेट्रोल र मट्टीतेलको मूल्य ह्वात्तै बढेको छ । आयल निगम सञ्चालक समितिको बैठकले पेट्रोलियम पदार्थको मूल्य बढाउने निर्णय गरेको हो ।

शनिबारको बैठकले डिजेल, पेट्रोल र मट्टीतेलको मूल्य प्रतिलिटर १० रूपैयाँले बढाउने निर्णय गरेको हो ।

अब नयाँ मूल्य अनुसार पेट्रोल प्रतिलिटर १७० तथा डिजेल र मट्टीतेलको मूल्य १५३ रुपैयाँ प्रतिलिटर कायम भएको छ ।

नयाँ मूल्य शनिबार रातिदेखि लागु हुनेछ ।

प्रतिक्रिया दिनुहोस्