Logo

बालेनले कटाए ८ हजार मत, केशव स्थापितको पक्षमा कति ?



Spread the love

काठमाडाैँ । काठमाडाैँ महानगरपालिकाकाे मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता बढाउँदै लगिरहेका छन्। शाहले ३ हजार ७ सय ७८ मतकाे अग्रता लिइरहेका छन्।

अहिलेसम्मकाे गणनामा शाहले ८ हजार ३७ मतसहित अग्रता कायमै राखेका हुन्। नेकपा एमालेका केशव स्थापितले ४ हजार २ सय ५९ मत प्राप्त गरेका छन्। गठबन्धनबाट नेपाली कांग्रेसकी सिर्जना सिंहले ३ हजार ७ सय ३ मत प्राप्त गरेकी छन्।

प्रतिक्रिया दिनुहोस्