Logo

एमाले स्थायी कमिटीको बैठक, पार्टी एकताबारे अन्तिम निर्णय



Spread the love

काठमाडौँ । नेकपा एमाले स्थायी कमिटीको बैठक आज बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा साँझ साढे ६ बजे बैठक बोलाइएको उपाध्यक्ष युवराज ज्ञवालीले जानकारी दिए ।
पछिल्लो समय एमाले र माओवादी केन्द्रबीच जारी पार्टी एकता प्रकृया जटिल बन्दै गइरहेको छ । आजको बैठकमा पार्टी अध्यक्षले सोही बारेमा ‘बिफ्रिङ’ गर्ने नेताहरूले जानकारी दिएका छन् ।
“दुई अध्यक्षबीच निरन्तर सम्वाद भइरहेको छ, अध्यक्ष ओलीले के निष्कर्ष ल्याउनुहुन्छ, हेरौं,” ज्ञवालीले भने ।

स्रोतका अनुसार पछिल्लो समय विपरित विचार समूहको नेतृत्व गर्दै आएका अध्यक्ष ओली र वरिष्ठन नेता नेपाल पार्टी एकताबारे एकै कित्तामा उभिएका छन् । माओवादी केन्द्रलाई कुनै हालतमा बराबरी दिन नसकिनेमा दुवै नेता एकमत देखिएका छन् । वैशाख ९ गते एकता गर्न यसअघि कार्यदलले सुझाव दिएको थियो । तर, उक्त मिति टरेपछि वैशाख २२ कार्ल माक्र्सको द्वि–जन्म शताव्दीका अवसरमा पार्टी एकता गर्नेबारेमा छलफल चलाइएको भए पनि छिट्टै दुई पार्टी एक हुने सम्भावना नरहेको स्रोत बताउँछ । यता माओवादी  केन्द्रले पनि बुधबारै सचिवालयको बैठक डाकेको छ ।

माओवादी केन्द्रको सचिवालय बैठक, पार्टी एकताबारे अन्तिम निर्णय

प्रतिक्रिया दिनुहोस्