Logo

चार सय ८५ स्थानीय तहको परिणाम सार्वजनिक : कांग्रेसको अग्रता, एमाले र माओवादी केन्द्र पछ्याउँदै



Spread the love

५ जेठ, काठमाडाैँ । स्थानीय तह सदस्य निर्वाचन, २०७९ को जारी मतगणनाको परिणाम आउनेक्रम जारी छ। आज साँझ ८ बजेसम्म निर्वाचन आयोगको प्रणालीमा प्रविष्टि भएअनुसार ४८५ स्थानीय तहको अन्तिम मत परिणाम सार्वजनिक भएको छ।

मुलुकभर ७५३ पालिकाका लागि ३५ हजार २२१ पद छन्। गत वैशाख ३० गते भएको निर्वाचनमा स्थगन भएका १७ जिल्लाका २८ स्थानीय तहका ४४ मतदानस्थल बाहेकका मत परिणाम प्राप्त भइरहेको छ। मतगणना भइरहेका नगरपालिकामध्ये प्रमुख पदमा नेपाली कांग्रेसले ६८ मा जित हासिल गरी ७४ स्थानमा अग्रता कायम गरेको छ। सो पदमा नेकपा (एमाले) ले ३८ स्थानमा जित हासिल गरी ३९ स्थानमा अग्रता कायम गरेको छ।

यस्तै नेकपा (माओवादी केन्द्र)ले प्रमुख पदमा १४ स्थानमा जित र नौ स्थानमा अग्रता कायम गरेको छ। नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले सो पदमा तीन स्थानमा जित र आठ स्थानमा अग्रता कायम गरेको छ। स्वतन्त्रसहित अन्यले सात स्थानमा विजय हासिल गरी २६ स्थानमा अग्रता कायम गरेका छन्।

मतगणना भइरहेका नगरपालिकामध्ये उपप्रमुख पदमा कांग्रेसले ५७ स्थानमा जित हासिल गरी ४० स्थानमा अग्रता कायम गरेको छ। सो पदमा एमालेले ४५ स्थानमा जित हासिल गरी ६० स्थानमा अग्रता कायम गरेको छ। माओवादी केन्द्रले उपप्रमुख पदमा २१ स्थानमा जित र ११ स्थानमा अग्रता कायम गरेको छ भने एकीकृत समाजवादीले सो पदमा पाँच स्थानमा जित र चारमा अग्रता कायम गरेको छ। अन्यले तीन स्थानमा विजय हासिल गरी २० स्थानमा अग्रता कायम गरेका छन्।

मतगणना भइरहेका गाउँपालिकाको अध्यक्ष पदमा कांग्रेसले १५० स्थानमा जित हासिल गरी २९ मा अग्रता कायम गरेको छ। सो पदमा एमालेले ९९ स्थानमा जित हासिल गरी २५ मा अग्रता कायम गरेको छ। माओवादी केन्द्रले अध्यक्ष पदमा ८१ स्थानमा जित र १० स्थानमा अग्रता कायम गरेको छ भने एकीकृत समाजवादीले १० स्थानमा जित र १० स्थानमा अग्रता कायम गरेको छ। अन्यले १५ स्थानमा विजय हासिल गरी १२ मा अग्रता कायम गरेका छन्।

मतगणना भइरहेका गाउँपालिकाको उपाध्यक्ष पदमा कांग्रेसले १४५ स्थानमा जित हासिल गरी ३४ मा अग्रता कायम गरेको छ। सो पदमा एमालेले ९७ स्थानमा जित हासिल गरी २७ मा अग्रता कायम गरेको छ। माओवादी केन्द्रले उपाध्यक्षमा ८१ स्थानमा जित र सात स्थानमा अग्रता कायम गरेको छ। एकीकृत समाजवादीले १० स्थानमा जित र सात स्थानमा अग्रता कायम गरेको छ। अन्यले १३ स्थानमा विजय हासिल गरी ११ स्थानमा अग्रता कायम गरेका छन्।

मतगणना भइरहेका स्थानीय तहका वडाध्यक्षमा कांग्रेसले दुई हजार ८० मा जित हासिल गरी ६१ स्थानमा अग्रता कायम गरेको छ। सो पदमा एमालेले एक हजार ६०९ मा जित हासिल गरी ७९ स्थानमा अग्रता कायम गरेको छ। माओवादी केन्द्रले वडाध्यक्षमा ८७९ स्थानमा जित र १५ स्थानमा अग्रता कायम गरेको छ। जनता समाजवादी पार्टी नेपालले सो पदमा १६९ स्थानमा जित र १२ मा अग्रता कायम गरेको छ। स्वतन्त्रसहित अन्यले ४३७ स्थानमा विजय हासिल गरी १२ स्थानमा अग्रता कायम गरेका छन्।

महिला सदस्यमा कांग्रेसले दुई हजार ४६ मा जित हासिल गरी ५९ स्थानमा अग्रता कायम गरेको छ। सो पदमा एमालेले एक हजार ७४५ स्थानमा जित हासिल गरी ८३ मा अग्रता कायम गरेको छ। माओवादी केन्द्रले महिला सदस्यमा ८१८ स्थानमा जित र १५ स्थानमा अग्रता कायम गरेको छ। जनता समाजवादी पार्टी नेपालले सो पदमा १७० स्थानमा जित र १२ स्थानमा अग्रता कायम गरेको छ। अन्यले ३९२ स्थानमा विजय हासिल गरी नौ स्थानमा अग्रता कायम गरेका छन्।

दलित महिला सदस्यमा कांग्रेसले एक हजार ९८२ मा जित हासिल गरी ६३ स्थानमा अग्रता कायम गरेको छ। सो पदमा एमालेले एक हजार ७२७ स्थानमा जित हासिल गरी ७९ स्थानमा अग्रता कायम गरेको छ। माओवादी केन्द्रले दलित महिला सदस्यमा ८२५ स्थानमा जित र १४ स्थानमा अग्रता कायम गरेको छ। जनता समाजवादी पार्टी नेपालले सो पदमा १६९ स्थानमा जित र १४ स्थानमा अग्रता कायम गरेको छ। अन्यले ३७९ स्थानमा विजय हासिल गरी सात स्थानमा अग्रता कायम गरेका छन्।

यस्तै वडा सदस्यमा कांग्रेसले चार हजार १११ मा जित हासिल गरी ६६ स्थानमा अग्रता कायम गरेको छ। सो पदमा एमालेले तीन हजार ५४५ स्थानमा जित हासिल गरी ८६ मा अग्रता कायम गरेको छ। माओवादी केन्द्रले वडा सदस्यमा एक हजार ५१८ स्थानमा जित र १५ मा अग्रता कायम गरेको छ। जनता समाजवादी पार्टी नेपालले सो पदमा ३३९ स्थानमा जित र १३ स्थानमा अग्रता कायम गरेको छ। स्वतन्त्रसहित अन्यले ८०४ स्थानमा विजय हासिल गरी पाँच स्थानमा अग्रता कायम गरेका छन्। विसं २०७४ मा पहिलो चरणमा भएको स्थानीय तहको निर्वाचनका आधारमा यही जेठ ५ गते स्थानीय सरकारका जनप्रतिनिधिको कार्यकाल सकिँदैछ।

प्रतिक्रिया दिनुहोस्