Logo

चीनको सांघाइमा घट्यो कोरोनाको संक्रमण



Spread the love

५ जेठ, एजेन्सी । चीनको सांघाइमा कोरोनाको संक्रमण घटेको पाइएको छ । यहाँ गएको २४ घन्टामा यहाँका स्थानीय स्तरमै संक्रमित भएकाको संख्या ८२ मात्र रहेको छ । यहाँका अधिकारीहरुले दिएको जानकारीअनुसार गएको २४ घन्टामा चीनको सांघाइ सहरमा संक्रमित व्यक्तिमध्ये ८२ जना स्थानीय स्तरमै संक्रमित भएकाहरु पाइएका छन् ।

उता यहाँ बाहिरबाट आएका अन्य संक्रमितहरु भने २६३ जना रहेका छन् । ती संक्रमितहरु विदेश तथा चीनका अरु सहरबाट आएकामा पाइएको बताइएको छ ।पछिल्लो केही दिनयता कोरोनाभाइरसका संक्रमितको संख्या केही मात्रामा घट्न थालेको पाइएको यहाँका स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।

सांघाइ म्युनिसिपल हेल्थ कमिसनले दिएको जानकारीअनुसार यहाँ तीन हप्ता अघि दैनिक कम्तीमा २ हजार देखि माथि नै पाइने गरेका संक्रमितहरुको संख्या अहिले घटेको छ । पछिल्ला केही दिनयता संक्रमित व्यक्तिको संख्या घट्न थालेको स्वास्थ्य क्षेत्रका अधिकारीले बताएका छन् । चीनका विभिन्न सहरमा कोरोना भाइरसका संक्रमितहरुको संख्या प्रत्येक दिन घट्दै गएका बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्