Logo

चट्याङ लागेर एक बालकको मृत्यु, तीन घाइते



Spread the love

२० बैशाख, २०७५ । आज राती ११ वजे कुमाख ३ राम्रीका जगत रावतकाे घरमा चट्याङ पर्दा ठगेन्द्र रावत को ६ वर्षीय छोरा कृष्ण रावतको मृत्यु भएको छ।

उनको चौरजहारी हस्पिटल लिदै गर्दा बाटोमै मृत्यु भयको हो । घटनामा अरुु तीन जना घाइते भएका छन्। सिर्जना रावत,कृष्ण रावत र चेतना रावत घाइते भयको र ३ वर्षीय चेतना रावत वेहाेस अवस्थामा छन ।

उनीहरूलाई विहान ५ वजे तिर चाैरजहारी हस्पिटलमा पठाइएकाे छ । घाइतेहरुलाई कुमाख गाउँपालिकाकी अध्यक्ष सृजना बुढा मगर, उपाध्यक्ष डिल्ली राज जैशी र प्रमुख प्रशासकिय अधिकृत बिनोद अधिकारीको पहल तथा सहयोगमा एम्बुलेन्स मार्फत नेपालगन्ज लिने काम भैरहेको गाउँपालिका अध्यक्ष बुढामगर गिरि ले जानकारी दिनुभयको छ।

प्रतिक्रिया दिनुहोस्