Logo

अग्रता बढाउँदै बालेन, केशव स्थापित तेश्रो स्थानमा



Spread the love

८ जेठ, काठमाडाैँ । कूल एक लाख ९१ हजार १८६ मतमध्ये १ लाख १६ हजारभन्दा बढी मत गनिसक्दा काठमाडौँ महानगरपालिकाको प्रमुखका स्वतन्त्र उम्मेदवार बालेन्द्र शाहले ४१ हजार ५२२ मत प्राप्त गरेका छन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा(एमाले)का सिर्जना सिंह भन्दा बालेन १७ हजार ३३८ मतले अगाडि छन् । सिंहले २४ हजार १८४ तथा नेकपा एमालेका केशव स्थापितले २३ हजार २४६ मत प्राप्त गरेको काठमाडौँका सहायक निर्वाचन अधिकृत प्रेमप्रसाद पौड्यालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्