Logo

काठमाडौँ महानगरपालिका–८ मा कांग्रेसको प्यानल विजयी



Spread the love

९ जेठ, काठमाडाैँ । काठमाडौँ महानगरपालिका–८ मा नेपाली कांग्रेसका तर्फबाट आसामान सङ्गत प्यानलैसहित विजयी भएका छन् । सङ्गतले निकटतम प्रतिद्वन्द्वी एमालेका उमेशकुमार कुइँकेललाई ८१९ मतान्तरले पराजित गरेका हुन् ।

सङ्गतले एक हजार ५५७ मत प्राप्त गर्दा कुइँकेलले ७३८ मत प्राप्त गरेका छन् । त्यसैगरी सदस्यमा कांग्रेसका शेखर देउला र सलोनी वडारी विजय भएका छन् । महिला सदस्यतर्फ कांग्रेसकी सरस्वती राजवंशी र दलित महिला सदस्यमा राजलक्ष्मी भुसााल विजयी भएको काठमाडौँका मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाले जानकारी दिए ।

हाल कामपा–१, २, ३ ,४ ५, ६, ८, २८, २९, ३० र ३२ को मतपरिणाम सार्वजनिक भइसकेको छ । त्यसैगरी वडा नं ७, ९, १०, २४, २५, २६, २७ र ३१ को मत गणना जारी छ । कामपामा कूल मतदाता तीन लाख २४२ रहेकामा ६३ दशमलव ४९ प्रतिशतले मतदान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्