Logo

प्राधिकरण र कोरियाली संस्थाबीच हरित हाइड्रोजन उत्पादनमा सहकार्य गर्न समझदारी



Spread the love

१० जेठ, काठमाडाैँ । नेपाल विद्युत प्राधिकरण र विश्मा हरित हाइड्रोजनलगायतका क्षेत्रमा काम गर्दै आएको ग्लोबल ग्रिन ग्रोथ इन्स्टिच्युट कोरियाबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

मंगलबार ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालको उपस्थितिमा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र इन्स्टिच्युटका महानिर्देशक फ्रयाङ्क रिज्सवरम्यानले समझदारीपत्रमा हस्ताक्षर गरे ।


दुई संस्थाले हरित ऊर्जामार्फत हाइड्रोजन, एमोनियाको उत्पादन र युरिया मल उत्पादनका लागि मल कारखाना स्थापनाको सम्भाव्यता अध्ययन गर्ने छन् । नेपालको जलविद्युत आयोजनाबाट उत्पादित हरित ऊर्जाको प्रयोग गरी हाइड्रोजन, एमोनिया उत्पादन गर्ने र मल कारखाना स्थापनाका लागि एउटा नमुना परियोजनाको डिजाइन, विकासका लागि सम्भाव्यता अध्ययन गरिने छ ।

त्यस्तै, ऊर्जा मन्त्री भुसालले नेपालका जलविद्युत आयोजनाबाट उत्पादित विद्युत देशभित्रै खपतका लागि हाइड्रोजनको उत्पादन नयाँ क्षेत्र र प्रविधि हुने बताइन् ।

प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले जलविद्युत आयोजनाहरूबाट उत्पादित विद्युत खपतका लागि हाइड्रोजन, एमोनिया उत्पादन र त्यसैमार्फत मल कारखाना स्थापना राम्रो विकल्प र क्षेत्र भएको बताए ।

प्रतिक्रिया दिनुहोस्