Logo

पुलबाट नदीमा खस्यो बस, ९ जनाको मृत्यु



Spread the love

२२ जेठ, रूपन्देही । रूपन्देहीमा बस दुर्घटना भएको छ । आइतबार बिहान जनकपुरबाट भैरहवा आउँदै गरेको बस बिहान ४:३० बजे रोहिणी नदीमा खसेको हो ।

उक्त दुर्घटनामा ९ जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । लु २ ख ३८४१ नम्बरको बस नदीमा खसेको हो ।

उक्त बसमा ३३ जना सवार रहेको र घाइतेहरूको उद्धार गरि उपचारका लागि भैरहवास्थित भीम अस्पताल र युनिभर्सल मेडिकल कलेज पुर्याइएको छ ।

प्रतिक्रिया दिनुहोस्