Logo

कुमारी बैंकको २२ औं वार्षिकोत्सवको अवसरमा विभिन्न बैंकिङ्ग सुविधा



Spread the love

काठमाडौँ ।  कुमारी बैंक लिमिटेडले नविनत्तम र भरपर्दाे बैंकिङ्ग सुविधा योजनाहरु उपलब्ध गराउदंै आफ्नो २२ औं वार्षिकोत्सव मनाएको छ । यस वार्षिकोत्सवको अवसरमा कुमारी बैंक लिमिटेडले आफ्ना सम्पूर्ण ग्राहक तथा शुभचिन्तकहरुलाई कृतज्ञता ज्ञापन गर्दैे आफ्नो सफलतामा महत्वपूर्ण भूमिका निर्वाह गर्नु हुने सम्पूर्ण ग्राहकवर्गहरुको सहयोग तथा विश्वासप्रति हार्दिक आभार व्यक्त गरेको छ । देशकै अग्रणी बैंक बन्ने आफ्नो परिकल्पना तथा योजना अनुरुप आफ्ना ग्राहकहरुलाई उत्कृष्ट बैंकिङ्ग सेवा तथा वित्तीय सुविधाहरु प्रवाह गर्नका लागि हरदम प्रतिबद्ध छ रहेको कुमारी बैंकको दाबी रहेको छ।

बैंकको २२ औं वार्षिकोत्सवको उपलक्ष्यमा बैंकले आफ्ना ग्राहकहरुका लागि विभिन्न विशेषतायुक्त बैंकिङ्ग सुविधा योजना प्रस्तुत गरेको छ । ग्राहकहरूलाई थप वचत गर्ने अवसर प्रदान गर्दै सम्पूर्णवचत खाताहरूमा लकर मार्जिनमा ७५% छुट प्रदान गर्दै विभिन्न साझेदारहरू मार्फत थप सुविधाहरु पनि प्रस्तुत गरेको छ । कुमारी बैंक लिमिटेडको २२ औं वार्षिकोत्सवको अवसरमा बैंकले क्रेडिट कार्ड प्रयोगकर्ताहरूका लागि निः शुल्क दर्ता गर्ने तथा वार्षिक शुल्कहरूमा पनि छुट प्रदान गरेको छ । साथै, कुमारी बैंक लिमिटेडले प्रारम्भिक बिज रकमलाई छोटो समयमै पाँच देखि सय गुणा वृद्धि गर्ने विशेष योजना ‘रिकरिङ्ग मुद्दति’ खातासमेत संचालमा समेत ल्याएको छ ।

कुमारी बैंकले आफ्ना देशव्यापी ३०४ शाखा सञ्जाल, २९५ एटिएम, ६२ शाखारहित बैंकिङ्ग सुविधा तथा ४८ एक्सटेन्सन काउन्टरबाट अत्याधुनिक बैंकिङ्ग सुविधाहरु प्रवाह गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्