Logo

सल्यानको बागचौर देखि काठमाडौँ रात्री बस सञ्चालन हुँदै



Spread the love

यहि जेष्ठ १ गते देखि सल्यान रुकुम यातायात व्यवसायी समितिले सल्यानको बागचौर देखि काठमाडौँ रात्री बस सञ्चालन गर्ने भएको छ ।

अहिले सल्यान रुकुम यातायातले सल्यानको खलंगा, श्रीनगर हुँदै काठमाडौँ रात्रि बस सञ्चालन गर्दै आएको छ ।

बागचौर बाट रात्रि बस सञ्चालन हुने भएपछि सल्यानको माथिल्लो भागका जनता लाभान्वित हुने समितिका अध्यक्ष लोकमान बुढाथोकीले बताए ।

बागचौर देखि काठमाडौँको लागि दिउँसो १ बजे गाडी छुट्ने छ भने काठमाडौँ देखि बागचौरको लागि ४ बजे छुट्नेछ ।

श्रीनगर देखि काठमाडौँ दिउँसो ३ बजे छुट्ने छ भने काठमाडौँ देखि खलंगाको लागि ६ बजे छुट्नेछ ।

प्रतिक्रिया दिनुहोस्