Logo

ट्राफिक प्रहरी माथि हातपात



Spread the love
सल्यान, २९ वैशाख । बनगाड कुपिण्डे नगरपालिका वडा न १ सल्लीबजारमा डिउटिमा खटिएका ट्राफिक प्रहरी माथी एक जना भे ५ प ६९६ नम्बर मोटरसाइकलमा आएका व्यक्तिले अप शब्द परियोग गर्दै गाली बेजती हातपात गरेका छन ।
ट्राफिक प्रहरीका अनुसार आफुहरु डिउटिमा खटिको र मोटरसाइकल चेकजाँच गर्दा कुनै पनि कागजात नबोकेर मोटरसाइकल चलाएको कागजात माग्दा खेरी उल्टै अनावश्यक गालिबेजती गर्नुका साथै धकेल पकेल गरेको ईलाका प्रहरी कार्यालय सल्लीबजारले जानकारी दिएको छ ।
बनगाड कुपिण्डे नगरपालिका वडा न. १ देवस्थलका अन्दाजी १५ वर्षका गणेश बुढा रहेका छन । अहिले  उनलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय सल्लीबजारमा राखिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्