Logo

सल्लीबजारमा  बजार अनुगमन, रक्सी र रक्सी बनाउने औषधि नष्ट



Spread the love
वैशाख ३, सल्यान ।
बनगाड कुपिण्डे नगरपालिका सल्यानको मुख्य व्यापारी केन्द्र सल्लीबजारमा  बजार अनुगमन गरिएको छ । सहायक प्रमुख जिल्ला अधिकारी श्रीधर टण्डन, नगर प्रमुख गोविन्द पुन, वडा नम्बर १ का  अध्यक्ष शान्तकुमार यरी, ईलाका प्रहरी कार्यालय सल्लीबजारको टोलीले आज बजार अनुगमन गरेको हो ।
बजार अनुगमनका क्रममा म्याद नाघेका केही अखाद्य बस्तु नस्ट गर्नुका साथै दर्ता नभएका पसलहरुलाई पन्ध्र दिन भित्र नगरपालिकामा दर्ता गर्न निर्देशन गरिएको छ । म्याद नाघेका अखाद्य बस्तुहरु- घरेलु मदिरा १० लिटर, घरेलु रक्सी बनाउने औषधि समेत नष्ट गरिएको छ ।
अनुगमन क्रममा केही व्यापारीहरुले होडिङ्ग बोर्ड नराखेको, मुल्य सुची नराखेको , र खरिद-बिक्री सामानहरु जथाभावी राखिएको भेटिएकोले यसलाई तत्काल सुधार गरेर राख्न निर्देशन गरिएको सहायक प्रमुख जिल्ला अधिकारी टण्डनले जानकारी दिनुभयो ।
यस्तै बजारमा जथाभावी सडक मिचेर बनाईएका पसलहरु तत्काल हटाउन र दर्ता नभएका पसलहरुलाइ छिटै नगरपालिका कार्यालयमा दर्ता गर्न नगर प्रमुख पुनले निर्देशन गर्नु भएको छ ।

प्रतिक्रिया दिनुहोस्