Logo

रञ्जित लामाको गीत सार्वजनिक -‘मुसुक्क ङेमा’ (भिडियो सहित)



Spread the love

काठमाडौं÷चर्चित गायक रञ्जित लामाको स्वरमा रहेको ‘मुसुक्क ङेमा’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । सुमन लामाको शब्द रहेको यस गीतमा एनवि थापामगरको संगीत रहेको छ ।

गायक लामाको सार्वजनिक भएका प्राय सबै गीतहरु लोकप्रिय रहेका छन् । तामाङ सेलो, लोक पप, पप गीतहरुबाट श्रोताको मन जित्न सफल गायक लामा पछिल्लो पुस्ताका व्यस्त गायकमा पर्दछन् ।

सार्वजनिक भएको भिडियोमा मिलन लामा र उर्मिला तामाङको अभिनय रहेको छ । दीपेन्द्र भट्टको छायांकन र सम्पादन रहेको भिडियोमा ड्रोनबाट भने सुरेश घिसिङले खिचेका थिए । प्रतिभा चाम्लिङको कोरियोग्राफी रहेको म्युजिक भिडियोलाई एमवि गुरुङले निर्देशन गरेका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नुहोस् :

 

 

https://www.youtube.com/watch?v=UI6FBAqPLfo

प्रतिक्रिया दिनुहोस्