Logo

स्थानीय तहका कर्मचारी केन्द्र सरुवा हुनसक्ने



Spread the love

स्थानीय तहमा समायोजन भइसकेका कर्मचारी पुनः संघ केन्द्र मा सरुवा हुनसक्ने गरी तयार गरिएको संघीय निजामती विधेयक–२०७५ रायका लागि कानुन मन्त्रालय पुगेको छ ।

विधेयक मस्यौदामा समायोजनमा गइसकेका कर्मचारीले स्थानीय तहमा लगातार ६ र प्रदेश तथा स्थानीय तहका ३–३ वर्ष काम गरेपछि संघमा सरुवा गर्ने प्रस्ताव छ ।

विशेषज्ञहरुले भने संघीय प्रणालीमा गइसक्दा पनि कर्मचारी व्यवस्थापनमा यस्तो व्यवस्था गरिए सरुवा–बढुवामा पुरानै रोग देखिने भन्दै आशंका गरेका छन् भन्ने खबर आजको कान्तिपुरमा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस्