Logo

मिस नेपाल पुगिन् चेपाङ बस्ती



Spread the love

मिस नेपाल वर्ल्ड शृङखला खतिवडाले मकवानपुरको विकट चेपाङवस्तीमा स्वास्थ्य संस्था स्थापना गरिने बताएकी छन् ।

यही सिलसिलामा उनी मंगलबार कैलाश गाउँपालिका ७ भार्ता पुगिन् ।

उनले केही चेपाङ परिवारका घरमै पुगेर भलाकुसारी गरिन् भन्ने खबर आजको कान्तिपुरमा छापिएको छ ।

समाचारमा लेखिएको छ, ३२ बर्षीया एक चेपाङ महिलाका ९ छोराछोरी रहेको सुन्दा उनले अचम्म मानिन्  ।

मिस नेपाललाई भेट्न आएका अिधिकांश चेपाङ युवतीको विवाह भइसकेको थियो ।

गाउँमा स्वास्थ्य संस्था नहुँदा त्यहाँका अधिकांश महिलाहरु असुरक्षित ढंगले घरमै सुत्केरी हुने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्