Logo

गम्भीर बहस, रित्तो संसदः हाजिर गर्ने २२२, छलफलमा बस्ने ५५



Spread the love

नीति तथा कार्यक्रम संसद्को नियमित छलफलको विषय होइन, वर्षभरिका विकास निर्माणलाई दिशानिर्देश गर्ने विशिष्ट प्रक्रिया हो । तर, राष्ट्रपतिद्वारा संसद्मा सोमबार प्रस्तुत नीति तथा कार्यक्रममाथि बुधबारबाट सुरु भएको बहसमा बिहीबार सांसदको उपस्थिति कमजोर थियो ।

छलफलमा सांसदको सहभागिता त झन् लगभग शून्य भयो । संसद्मा हाजिर गरेर भत्ता सुनिश्चित गर्ने सांसद २२२ थिए, तर बैठकमा उपस्थित सांसद ५५ मात्र थिए । उपस्थितमध्ये पनि आफ्नो मन्तव्य दिएपछि हिँडे । उनीहरू संसद्को बहसमा होइन, क्यान्टिनको गफमा व्यस्त थिए ।

संसद् प्रतिपक्षको मञ्च हो, तर प्रतिपक्ष कांग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्कीले बोल्न नाम लेखाएर पनि बोल्न चाहेनन् । सभामुखले तीनपटक नाम लिँदा पनि उनी भेटिएनन् भन्ने खबर आजको नयाँ पत्रिकामा छापिएको छ ।

हाजिर गर्ने सांसद -२२२

छलफलमा बस्ने सांसद- ५५

कुन दलका कति उपस्थित ?
– सत्तापक्ष – ३९
– कांग्रेस- १२
– अन्य – ४

प्रतिक्रिया दिनुहोस्