Logo

फेसबुकमा अत्यधिक रुचाइएका स्ट्याटसहरु !!!



Spread the love

उतारचढाव आउनु जरुरी छ जिन्दगीमा । किनभने इसिजीमा सिधा लाइनको अर्थ हुन्छ-‘मृत्यु’।

मन्दिर पनि कस्तो गजबको ठाउँ हो, गरिब बाहिर भिख माग्छन्, धनी भित्र ।

यति तितो पनि बन्नुहुदैंन कि कसैले थुकिदेओस् अनि यति मिठो पनि बन्नुहुदैंन कि सिधै निलिदिउन् ।

आमा बुवाले भन्छन्,”छोरी पराई घर जाने हो।” सासु ससुराले भन्छन्,”यो त पराई घरबाट आएकी हो।” आखिर छोरी कुन घरको लागि जन्म लिन्छिन् ।

चेस खेलको एउटा नियम अजिबको छ, चाल जुनसुकै चल्नुस् तर आफ्नालाई कहिल्यै मार्न सकिदैन । कास यो नियम मान्छेहरूमा पनि भइदिए ।

मान्छेले हात मिलाउँदा तपाईंसित होइन, तपाईंको स्थितिसँग हात मिलाउँछन् ।

दुनियाँको सबैभन्दा सस्तो मजदुर श्रीमती हुन्छिन् जसलाई जिन्दगीभर यहि भ्रममा राख्ने गरिन्छ कि “तिमी, पुरै घर कि मालिक्नी हौ।”

कुनै मसानघाटमा लेखिएको थियो,”कसैलाई के आरोप लगाउनु साथी ! जिन्दगीमा सताउनेहरू पनि आफ्नै थिए र जलाउनेहरू पनि।”

म आफुलाई हरेकका लागि राम्रो सावित गर्न सक्दिनँ । जसले मलाई चिनेका छन्,उनीहरूका लागि म ठिकै छुँ । अरूले जेसुकै राम्रो नराम्रो भने पनि, मान्छे आफ्नो नजरमा सही हुनुपर्छ । किनभने गुनासो त धेरैलाई ईश्वरप्रति पनि त छ ।

यदि तपाईं कुनै यस्तो व्यक्तिको पर्खाइमा हुनुहुन्छ जसले तपाईंको जिन्दगी नै बदलिदेओस् । हो भने एकपल्ट एेनामा गएर हेर्नुस् ।

संकलन तथा सम्पादन:- श्रीजना भन्डारी 

सल्लेरीखबर 

सर्बाधिकार:-सम्बन्धित स्ट्याटसकारहरुमा  

प्रतिक्रिया दिनुहोस्