Logo

टेकट्रिक्स – २०१८ मेगा ईभेन्टको सम्पूर्ण तयारी पुरा



Spread the love

भोली देखी सुरु हुन लागेको दुई दिने(जेष्ठ २५ र २६) टेकट्रिक्स – २०१८ मेगा ईभेन्टको सम्पूर्ण तयारी पुरा भएको छ। टेकट्रिक्स – २०१८ को मेगा ईभेन्टलाई  सोसाइटी अफ इन्फर्मेशन टेक्नोलोजी स्टुडेन्ट्स (Society of information Technology Students) SITS ले आयोजना गर्न लागेको  हो।न्यु समिट कलेज, हिमालय कलेज, अर्किड कलेज जस्ता काठमाडौंका १० भन्दा बढी आईटी रिलेटेड कलेजहरुको सहकार्यमा हुन गैरहेको उक्त मेगा ईभेन्टमा क्यान र सिकोनले समेत सपोर्ट गरिरहेका छन ।टेकट्रिक्स – २०१८ प्रविधी संग सम्बन्ध राख्ने र थुप्रै टेक्नोलोजी आइडिया दिने दुइदिने ईभेन्ट हो जसले टेक्नोलिजी संग आबद्द रहेका मानिसहरूलाई एउटै थलोमा उभ्याएर नयाँ सिर्जनशिल आईडिया खोजी गर्दछ । टेकट्रिक्स – २०१८ मा ५ वटा सेसन एकै ठाउँबाट संचालन हुनेछन । जसको छोटो जानकारी तल दिइएको छ ।

१. ह्यकाथोन

२.प्रोजेक्ट डेमोन्स्ट्रेसन

३. टेक जव फेयर 

४. करियर काउन्सिलिङ्ग

५. गेमिङ्ग सेसन

गत चैत्र १० देखि प्रत्यक शनिबार र आइतबार प्रि-ईभेन्ट्सहरु भैरहेको टेकट्रिक्समा आइटी संग सम्बन्ध राख्ने विद्यार्थीहरुले प्रशस्त लाभ लिईरहेको बताइन्छ । ७ ओटा प्रि-ईभेन्ट्सहरु सकाइसक्दा करिब ५०० भन्दा बढी विद्यार्थीहरु उपस्थित भैसकेका छन । भोली देखी सुरु हुन लागेको दुई दिने  मेगा ईभेन्टमा ३००० भन्दा बढी विद्यार्थी उपस्थित हुने आयोजकको दाबी छ । सुचना र प्रविधी क्षेत्रमा कम्पनी र विद्यार्थी बिचको दुरिलाई मेटाउने टेकट्रिक्स – २०१८ को मुख्य उद्देश्य रहेको आयोजक सोसाइटी अफ इन्फर्मेशन टेक्नोलोजी स्टुडेन्ट्सले बताएको छ । उक्त दुई दिने ईभेन्टमा आईटी कम्पनिहरुबाट १०० भन्दा बढी विभिन्न दक्ष ब्यक्तिहरुको उपस्थिति रहने, ३००० भन्दा बढी भिजिटर्स आउने अनुमान लगाइएको छ ।उक्त ईभेन्टमा करियर काउन्सिलिङ्ग, प्रोजेक्ट डेमोन्स्ट्रेसन, ह्याकाथोन, गेमिङ्ग सेसन (फिफा, क्ल्याश रोयाल, मिलि मिलिसिय र सि.एस ) र टेक जव फेयर  रहने बताइएको छ । प्लुस टु पास गरेका विद्यार्थीहरु देखि लिएर ब्याचेलोर र ब्याचेलोर पास आउट विद्यार्थी सबैका लागि टेकट्रिक्स – २०१८ फलदायी हुने अनुमान विद्यार्थीहरुले गरिरहेका छ्न ।

 

प्रतिक्रिया दिनुहोस्