Logo

एक हप्ता देखि बामे सडक अवरुद्ध 



Spread the love
२६ जेष्ठ,  सल्यान । पश्चिम बनगाड कुपिण्डे नगरपालिकाको बामे र निगाल्चुला जाने सडक गत  १८ गते आएको अविरल वर्षाको कारण बन्द भएको छ । नगरपालिकाको वडा न. २, ३, ४ र निगाल्चुलाको १२ नम्बर वडाका जनतालाई सडक अवरुद्ध हुदा समस्या भएको वडा न. २ का अध्यक्ष प्रतिमल बुढाले जानकारी दिनु भएको छ ।
अध्यक्ष बुढाका अनुसार सडक अवरुद्ध हुदा दैनिकी उपभोग्य समान ओसारपसार लगाएत यात्रुहरुलाइ आवतजावतमा समस्या हुदा हिडेर आउना बाध्य भएका छन ।  अविरल वर्षाका कारण सडकमा खाल्डाखुल्डी पार्नुको साथै जताततै पानीले च्यातेका कारण जिप सन्चालन हुन सकेको छैन । उक्त सडमा दुई वटा जिप सन्चालनमा आएका थिए ।

 

प्रतिक्रिया दिनुहोस्