Logo

राष्ट्रिय कराते प्रतियोगितामा नबिन रसाइली उत्कृष्ट खेलाडी



Spread the love

बागचौर नगरपालिकाको आयोजनामा भएको प्रथम मेयर कप राष्ट्रिय कराते प्रतियोगितामा पुरुष तर्फ नबिन रसाइली उत्कृष्ट खेलाडी घोषित भएका छन् ।

रसाइली साउथ एसियान गेममा लगातार ३ चोटि स्वर्ण पदक बिजेता हुन ।

जेष्ठ २७ गते देखि सुरु भएको प्रतियोगिताको समापन २९ गते भएको छ । प्रतियोगितामा ३ नम्बर प्रदेश ११ स्वर्ण र १ रजत पदक सहित टिम च्याम्पियन भएको छ । १ स्वर्ण, ४ रजत र ५ कास्य पदक सहित १ नम्बर प्रदेश दोस्रो टिम च्याम्पियन भएको छ ।

तेसैगरी १ स्वर्ण, २ रजत र ६ कास्य पदक सहित ५ नम्बर प्रदेश तेस्रो टिम च्याम्पियन भएको छ । २ प्रदेश नम्बरले १ रजत र २ कास्य पदक ल्याउन सफल भएको छ भने ४  नम्बर प्रदेशले २ रजत र १ कास्य पदक ल्याएको छ । आयोजक टिम कर्णाली प्रदेशले २ रजत र १० कास्य पदक जितेको छ साथै ७ नम्बर प्रदेशले १ स्वर्ण, २ रजत र १ कास्य पदक जितेको छ ।

प्रतिक्रिया दिनुहोस्