Logo

दर्ता गरेर मात्र व्यवसाय गर्न नगरपालिकाद्वारा निर्देशन



Spread the love

असार ३, सल्यान । बनगाड कुपिण्डे नगरपालिकाले सम्पुर्ण व्यवसायीहरुलाई असार मसान्तसम्म नगरपालिकाको कार्यालयमा आफ्नो व्यवसाय दर्ता गरेर मात्र  गर्न निर्देशन गरेको छ । आज नगरपालिकाको मुख्य व्यापारी केन्द्र सल्लीबजारमा नगर प्रमुख गोविन्द कुमार पुन, लगायत वडा अध्यक्षहरु र नगरपालिकाका सम्पुर्ण कर्मचारीहरुको सयुक्त टोलिले ‘व्यवासाय दर्ता गरौं, राजस्वको दायरा बढाउ, ‘स्थानीय तहको नियम पालना गरौं, सभ्य नागरिकको परिचय दियौं’ र ‘घरबाल कर तिरौ’ जस्ता नारा लगाउदै  हातमा पेलकार्ड बोकेर बजार परिक्रमा गर्दै सन्देशमुलक तरिकाले अनुरोध गरिएको  हो । नगर प्रमुख पुनले सम्पुर्ण व्यापारीहरुलाई आ-आफ्नो व्यापार व्यवासाय दर्ता गरेर नगरको विकासमा सहयोग गर्ने अनुरोध गरेका छन् ।
मुख्य व्यापारी केन्द्र सल्लीबजार लगायत १२ वटा वडाका सम्पुर्ण व्यापारीहरुलाई पनि छिटो भन्दा छिटो नगरमा आएर व्यवासाय दर्ता गर्न अनुरोध गरेका छन् । साथै, एक महिना भित्र व्यवासय दर्ता नगरेमा अर्को आर्थिक वर्ष देखि थप  जरिवाना सहित शुल्क लाग्ने पनि बताइएको छ ।

केही व्यापारीहरुले नगरले पटकपटक दिएको निर्देशन उलंघन गर्दै सडक अतिक्रमण गरेर व्यापार गरेका कारण तत्काल हटाउन पुनले निर्देशन दिएका छन्  । त्यसपछि पनि नहटाएमा नगरले कार्बाहिको प्रक्रिया अगाडि बढाउने चेतावनी समेत उनले दिए । अहिले सम्म नगरपालिकामा कुनै पनि व्यवसाय दर्ता भएका छैनन् ।

प्रतिक्रिया दिनुहोस्