Logo

एसईई परीक्षाको नतिजा सार्वजनिक, कसरी हेर्ने नतिजा?



Spread the love

राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको एसईई परीक्षाको नतिजा शनिबार (आज)सार्वजनिक भएको छ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीका परीक्षा नियन्त्रक अम्बिका प्रसाद रेग्मीले नतिजा सार्वजनिक भएको जानकारी दिए ।

परीक्षा नियन्त्रक रेग्मीले समयमै नतिजा सार्वजनिक गर्न बोर्डले काम गरिरहे पनि केही प्राविधिक समस्याका कारण केही दिन ढिला हुन गएको बताए । यसअघि गत बुधबार सम्ममा नतिजा सार्वजनिक गर्ने गरी तयारी अगाडि बढाएको बोर्डले जानकारी दिएको थियो ।

यसवर्षको परीक्षामा साधारण धारतर्फ चार लाख ८५ हजार ५८६ परीक्षार्थी सहभागी भएका थिए । त्यस्तै प्राविधिक धारतर्फ  ८ हजार ७०८ जना परीक्षार्थी सहभागि थिए । नतिजा ग्रेडिङ पद्धतिमा आधारित हुनेछ ।

नतिजा नेपाल टेलिकमको मोबाइल सेटबाट १६०० डायल गरी सुन्न सकिने छ  तथा विभिन्न अनलाईन माध्यमबाट हेर्न सकिने छ ।

नतिजा प्रकाशित भाईसके पनि  विद्यार्थी र अभिभावकले नतिजा हेर्न भने केहि बेर कुर्नु पर्ने भएको छ। नतिजालाई अनलाईनमा राख्ने काम भईरहेको र केहि समय लाग्ने बताइएको छ ।

सम्बन्धित खबर:

Red Light Business

एसईई रिजल्ट केहि बेरमै आउँदै

प्रतिक्रिया दिनुहोस्