Logo

सूचना लुकाएको, पालिकामा एकलौटी गरेको आरोप मालिका गा.पा.ले खण्डन गर्न सकेन, भन्यो ‘अब सुध्रिन्छौ’



Spread the love

गुल्मी, १० आषाढ  – सल्लेरी खबर ।
गुल्मीको मालिका गाउँपालिकाले सुचनाहरु नदिएको, सार्वजनिक सुनुवाइ कार्यक्रममा जनताहरुलाइ थाहै नदिइकन गरीएको आरोप मालिका गाँउपालिकाले स्वीकार गरेको छ ।

गाँउपालिकाले जनताको सुसुचित हुन पाउने गरी संविधानमै प्रष्ट ब्यबस्था गरीएको सुचनापाउने हकको मालिका गाँउपालिकाले बेवास्ता गर्दै जनताको अधिकारलाइ कुण्ठित गरेको, सार्वजनिक सुनुवाइ जस्तो कार्यक्रममा जनतालाइ थाहै नदिइ प्र्रतिनिधि तथा कर्मचारी तथा आफ्ना आसेपासे हरुलाइ मात्र बोलाइ गरीएको, आफ्ना आसेपासेहरुलाइ मात्र उपभोक्ता समितिमा राखेको, सुचनाहरु माग्दा अभद्र ब्यबहार गरीएको लगायतका आरोप गाँउपालिकाको नेतृत्व माथी लागेको छ ।

त्यसैगरी कसैलाइ नसोधी पालिकाको केन्द्र सार्न खोजीएको, जनताद्धारा गरीएका निवेदनहरुको दर्ता तथा फिर्ता नगरीएको लगायतका थुप्रै आरोप पालिका माथी लागेका छन् ।नेपाली काँग्रेसको मालिका गाँउपालिकाको छाँया सरकारले यस बिषयमा गाँउपालिकाको जवाफ माग्दा गाउँपालिकाका जनप्रतिनिधि प्ुरै मौनधारण गरीरहे ।नाजवाफ भइ सो आरोपहरुको मौन रुपमा स्वीकार गर्दै आगामी दिनमा यस्तो प्रबृति नहोर्याउने प्रतिबद्धता समेत ब्यक्त गरेका छन् ।

गत जेठ ३१ गते पालिकाले सार्वजनिक सुनुवाइको कार्यक्रम राख्ने भनेको थियो । तर त्यस दिनको कार्यक्रम स्थगन भइ असार ४ गतेलाइ राखीयो । ४ गतेको कार्यक्रममा रेडियोबाट सुचना प्रशारण गरीएको भनिएपनि खुलेर प्रचारप्रसार गरीएन ।ठुलीचौर बजारबासीले समेत थाहापाएनन् । उपस्थिती निकै न्युन भयो, सार्वजनिक सुनुवाइ जस्तो कार्यक्रममा जनताको सहभागीता निकै कम हुनु भनेको दुखद पक्ष हो ।केहीहप्ता अघि बजारका एक स्थानीय गोपाल केसीले पालिकामा एक निवेदन दर्ता गर्न आए । तर त्यो निवेदन दर्ता गरीएन् । पटक पटक भन्दा पनि त्यो निवेदन दर्ता गरीएन न त पालिकाले त्यो निवेदन फिर्ता नै गर्यो ।

जग्गा लिन मान्दैन पालिकालेकेही महिना अघि हिमालय केसी लगायतका बासिन्दाले गाँउपालिकाको कार्यालय निर्माणको लागि आवश्यक जति जग्गादिने भन्दै पालिकामा निवेदन दर्ता गर्न आए, तर त्यो निवेदन पनि पालिकाले लिएन ।लाखौ मुल्यपर्ने जग्गा सित्तैमा दिन्छु भनेर अन्य ब्यक्तिहरु पनि आए पालिकामा तर पालिकालाइ त्यो जग्गा चाहीएन किनकी उसले ठुलीचौरलाइ केन्द्र जाती मानेको छैन, आफुले भनेको ठाँउमा केन्द्र सार्न चाहान्छ ।

वडाध्यक्षले नै पाउदैनन सुचना अझ अचम्मको कुरा त के भने गाँउपालिका भित्रका एक मात्र काँग्रेस बाट निर्वाचित वडाध्यक्ष इन्द्र बहाद्र घर्तीले समेत गाँउपालिकामा हुने गरेका कार्यहरुको बारेमा सुचनाहरु पाउँदैनन् । “मैले कति सुचनाहरु प्रशासकीय अधिकृत समक्ष मागेको छु, तर पाइन”उनले भने ।कसैलाइ नसोधी केन्द्र सार्ने प्रयासगाँउपालिकाले स्थानीय बासिन्दाकाको चाहना बिपरीत पालिकाको केन्द्र हाल कायम रहेको ठुलीचौरबाट सार्नको लागि प्रतिपक्षलाइ समेत थाहै नदिएर कार्यपालिकाबाट निर्णय गरेको समेत आरोप लगाइएको छ ।

यसैबिच केही महिना अघि पालिकाले केन्द्र सार्ने गरेको निर्णयमा बिपक्षी दल सहितद्धारा आन्दोलन गरीएको थियो । सो आन्दोलनले सबैको समझदारीमा पालिकाको केन्द्र तोक्ने निर्णय गरीएको थियो ।तर गाँउपालिकाले भने नियतबश आफ्नो फाइदा उठ्ने गरीकेन्द्र हाल रहेको ठुलीचौरबाट केही परको जङ्गलको शीर मुलावारी राख्न खोजीएको देखिएको छ । यसै बिषयमा केही ब्यक्तिहरुले गाँउपालिकालाइ बिपक्षी बनाइ दायर गरेको मुद्धा अहिले अञ्चल अदालतमा पुगेको छ ।

सबै संरचनाहरु रहेको ठुलीचौरबाट सारेर कुनै पनि पुर्वाधारहरु नभएको मुलावारीमा केन्द्र राख्न खोजीएको र सामान्य फोटोकपी गर्न समेत ठुलीचौरमा नै आउनु पर्ने समस्या रहेको ठाँउमा राख्न खोजीएको बिषयले मालिका गाँउपालिकाको नियत माथी खोट देखिएको प्रष्ट भएको गाँउपालिकाका छाँया सरकार प्रमुख उपेन्द्र अर्यालले आरोप लगाए ।“लोकतान्त्रीक ब्यबस्थामा बोल्ने, बुझ्ने र जान्न पाउने अधिकार सबैको हुन्छ, यदि मालिकाले यो अवसर दिन्न भने यहाँ तानाशाह छ भनेर घोषणा गर्नुस हामी आफ्नो बिकल्प रोज्छौ” अर्यालले भने ।निर्वाचित जनप्रतिनिधिहरु जनताको सेवक भएको तर मालिकामा भने जनताको मालिक बन्न खोजेको जस्तो देखिएको छाँया सरकार उपप्रमुख सीता अर्यालले बताइन् । “जनताहरु मालिक र उनले जिताएका प्रतिनिधिहरु उनका नोकर हुन उनले भनिन्” “तर यस गाँउपालिकामा भने जनप्रतिनिधि नै हावी बन्न खोजेको देखियो” ।

उनले गाँउपालिकाको एक वडाध्यक्ष सामु सुचना माग्दा, सुचना माग्ने मान्छेहरु सामाजिक मान्छे होइनन् भन्ने खेदजनक भनाइ वडाध्यक्ष ज्युबाट आएको भन्दै सो भनाइ प्रति आपत्ती जनाइन् ।तर उक्त आरोप खेपेका वडाध्यक्षले भने परिस्थिती असहज भएको अवस्थामा सुचना मागीएको र सो दिन नसक्ने स्थितीमा आफु भएको कारण सुचना दिन नसकेको उल्लेख गरे ।मालिका गाँउपालिका अध्यक्ष रीत बहादुर थापाले आगमी दिनमा सुचनाहरु सहज रुपमा जनता सामु उपलब्ध गराइने प्रतिबद्धता जनाए । गाँउपालिकाको केन्द्र तोक्ने बिषयमा अदालतले नै निर्णेय गर्ने भन्दै उनले यस बिषयमा कसैले पनि बोल्न नपर्ने बताए ।गाँउपालिकामा रहेको यस्ता यावत बिषयहरुमा ध्यानाकर्षण गराउन गएको नेका को छाँया सरकार सहितका अन्य नेताहरुको टोलीले अध्यक्षलाइ ज्ञापन पत्र समेत पेश गरेको छ ।सो अवसरमा क्षेत्रीय सभापति भगतसिँह खड्का, नेबिसंघका केन्द्रिय सदस्य सुदर्शन खनाल लगायत अन्यको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्