Logo

१० दिनभित्र माग पूरा नभए फेरि अनशन बस्ने गंगामायाको चेतावनी



Spread the love

छोरा कृष्णप्रसाद अधिकारीको हत्यारालाई कारबाहीको माग गर्दै अनशन बस्दै आएकी गोरखा फुजेलकी ६२ वर्षीया गंगामाया अधिकारीले शुक्रबार ४६औं दिनमा अनशन तोडेकी छन् ।सरकारले पाँचबुँदे सहमति कार्यान्वयन गर्ने सहमति पछि उनले अनशन तोडेकी हुन् ।

पटकपटक अनशन बस्दै आएकी अधिकारी पछिल्लोपटक वीर अस्पतालमा १५ जेठदेखि अनशनमा थिइन् । अनशनकै क्रममा गंगामायाका श्रीमान् नन्दप्रसाद अधिकारीको ६ असोज २०७१ मा निधन भएको थियो भने छोरा नुरप्रसाद बेपत्ता छन् ।
गंगामायाले माग १० दिनभित्रमा पूरा नभए पुनः अनशन बस्ने चेतावनी दिएकी छन् ।

‘सरकारले माग पूरा गर्ने प्रतिबद्धता तथा सहमति गरेको छ तर कार्यान्वयन गरेको छैन,’ गंगामायाले भनिन्, ‘अहिले मैले अनशन तोडेकी होइन्, स्थगित गरेकी हुँ । १० दिनको समय दिएकी छु । माग पूरा नभए म फेरि अनशन बस्छु ।’

पटकपटक जुस खुवाएर अनशन तोडाउने काम भए पनि माग पूरा गर्ने काम सरकारबाट नभएकाले आफू धेरैपटक जिउँदै मरिसकेको उनले बताइन् भन्ने खबर आजको राजधानी दैनिकमा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस्