Logo

देउवाको विदेश भ्रमण स्थगित



Spread the love

पूर्व प्रधान मन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको पूर्वनिर्धारित ७ दिने विदेश भ्रमण कार्यक्रम स्थागित भएको छ ।

देउवाको भ्रमण कार्यक्रम स्थागित भएको कांग्रेस पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति जारी गर्दै बताएका छन् ।

बिगत केहीदिन यता विकसित राजनीतिक परिस्थितिलाई मध्यनजर गर्दै भ्रमण स्थगित गरिएको कांग्रेसले जनाएको छ ।

देउवा आइतबार अपरान्ह पत्नी आरजु देउवाको नियमित स्वास्थ्य जाँचका लागि भारत जाने तयारीमा रहेका थिए ।

पछील्लो राजनैतीक घटना क्रमले देशमै रहेर कार्य गर्नुपर्ने आवश्यकताका रहेको भन्दै उनले भ्रमण स्थगित गरेको नेपाली काङ्गेस ले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्