Logo

पाकिस्तानः मतदान केन्द्रमा आत्मघाती बम विस्फोट हुदा २८ मृत्यु ३५ जना घाइते



Spread the love

क्वेटा,पाकिस्तान, साउन ९ गते । पाकिस्तानको दक्षिणपश्चिम सहर क्वेटामा रहेको एक मतदान केन्द्रमा आत्मघाती बम विस्फोट भएको छ । विस्फोटमा परी कम्तीमा २८ व्यक्तिको मृत्यु हुनुका साथै अन्य ३५ जना घाइते भएका छन् ।

पाकिस्तानमा आज जारी राष्ट्रव्यापी आम निर्वाचनमा करिब १० करोड ६० लाखले मतदान गर्दैछन् ।

मतदान केन्द्रमा प्रवेश गर्न लागेका आत्मघाती आक्रमणकारीलाई प्रहरीले रोकेका थिए । तर उनले प्रवेशद्वारमा नै विस्फोटन गराएको क्वेटास्थित स्थानीय अधिकारी हासिम गिल्जाईले बताएका छन् । रासस/एएफपी

प्रतिक्रिया दिनुहोस्