Logo

सरकार र डा.केसी पक्षधरबीचको वार्ता असफल,



Spread the love

सरकार र अनसनरत डा.गोविन्द केसी पक्षबीचको वार्ता असफल भएको छ । सिंहदरबारस्थित शिक्षा मन्त्रालयमा बसेको दुई पक्षबीचको वार्ता असफल भएको हो । डा.गोविन्द केसी पक्षले आफ्नो मागका बारेमा सरकार जिम्मेवार ढंगले प्रस्तुत नभएको आरोप लगाएको छ ।  

केसी पक्षले अब आफूहरुले दिएको सूचीका आधारमा सुधारसहित चिकित्सा शिक्षा विधेयक पास गर्ने प्रतिवद्धता नआए सम्म आफुहरु आगामी दिनमा वार्तामा नबस्ने अडान लिँदै बैठक बाट बाहिरिएको छ । बाहिरिए लगत्तै डा.के सी पक्षधरले प्रेसविज्ञप्तिमा जारी गर्दै सरकारले आफ्ना मागहरुको बेवास्ता गरेको भन्दै डा.केसीको स्वास्थ्यमा गम्भिर असर पर्दा पनि सरकारी पक्ष लापरबाही र संवेदनविहीन हुँदै विधेयक सम्बन्धी दफागत छलफलमा सार्थक रुपमा प्रवेश नगरेको आरोप लगाएको छ । छलफल को लागि सरकार पक्षका नेकपाका संसदीय दलका उपनेता सुवास नेम्वाङले मध्यस्थताको भूमिका निर्वाह गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्