Logo

डेढ महिनादेखि रोकिएको सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को आवेदन आइतबारदेखि सुरु हुने



Spread the love

बिगत डेढ महिनादेखि बन्द गरीएको सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को आवेदन आइतबारदेखि सुरु हुने भएको छ ।

आइतबारबाट भने देशभरका यातायात कार्यालयबाट आवेदन खुला गरिने विभागका प्रवक्ता तुल्सीराम अर्यालले जानकारी दिनुभयो ।
अघिल्लो आर्थिक वर्षको धेरै काम बाँकी रहेपछि यातायाता व्यवस्था विभागले नयाँ आवेदन गत असारदेखि बन्द गरेको थियो । पुरानो काम सम्पन्न गर्न र नयाँ व्यवस्थापनका गर्न को लागि एक महिना बन्द गरिएको विभागले जनाएको छ ।
करिब दुई लाख ५० हजार सवारी चालक अनुमतिपत्र (लाइसेन्स) प्रिन्ट गर्न बाँकी रहँदा परीक्षा पास गरेकाले नौ महिनासम्म कुनुपर्ने बाध्यता थियो । सोही काम सक्नका लागि असार महिनामा नयाँ आवेदन लिइएको थिइएन ।

प्रतिक्रिया दिनुहोस्