Logo

बुबाको किरिया गर्न पाइनिन छोरीले



Spread the love

कार दुर्घटनामापरि पोखराका पर्यटन व्यवसायी मधु सुवेदीको मृत्यु भयो ।

मधुका दुई छोरीमात्रै छन् । जिउँदो हुँदा मधुले भन्ने गरेका थिए, मेरा यी दुई छोरीहरु छोरासरह हुन्, म मरेपछि यिनै छोरीले किरिया गरे हुन्छ ।]

तर, मधुको सपना पूरा भएन । संविधान र कानूनले छोराछोरीलाई समान अधिकार दिए पनि सामाजिक मूल्य मान्यताले समान अधिकार नदिदा । मधुकी छोरी ममताले छोरासरह आफ्ना पिताको काजकिरिया गर्न पाइनन् । छोराले पाउने हक छोरीमा हैन, काकातिर सर्‍यो ।

बुबालाई सम्झँदै ममताले भनिन्, ‘मेरो इच्छा त उहाँले भन्ने गरेजस्तै छोरासरह तेह्र दिने कर्म गर्ने थियो, ‘तर, पुरोहितले काकासँगै बसेर कर्म गर्न मिल्दैन भनेकाले घरमै बसेर कर्म गरिरहेकी छु ।

यसैबीच यो घटनाबारे स्थानीय मानवअधिकारकर्मीले समेत चासो दिएका छन् । स्थानीय महिला अधिकारकर्मीहरुले मधुकी श्रीमती लक्ष्मीलाई आफन्तले अन्त्येष्टिका लागि घाटमा जानसमेत नदिएको गम्भीर आरोप लगाएका छन् । उनीहरुले सती जाने हो भनेमात्रै घाट आउनु नत्र घरमै बस्नु भनेपछि लक्ष्मी चुप लागेको मानवअधिकारवादी अभियन्ताको भनाई छ ।

यद्मबि ममतालाई किरिया बस्न अगाडि सारे परिवारबाट बहिस्कार गर्ने चेतावनी दिइएको अधिकारकर्मी सीता पहारीले बताइन् ।

प्रतिक्रिया दिनुहोस्