Logo

‘उनले क्लब छाड्ने निर्णय गरेपछि क्लबले पनि उनको इच्छाको सम्मान गर्यो :प्रशिक्षक लोपेटेगुई



Spread the love

रियल म्याड्रिडका प्रशिक्षक जुलेन लोपेटेगुईले स्यान्टियागो बर्नेबाउमा क्रिस्टियानो रोनाल्डोको अभाब गेराथ बेलले पूरा गर्ने विश्वास व्यक्त गरेका छन् ।

हाम्रो लागि क्रिस्टियानो रोनाल्डो टोलीका एक महत्वपूर्ण सदस्य रहँदै आएका थिए,’ उनले भने, ‘उनले क्लब छाड्ने निर्णय गरेपछि क्लबले पनि उनको इच्छाको सम्मान गर्यो । हामी भविष्यमा उनको सफलताको कामना गर्दछौँ ।’

‘हाम्रो खेलाडीहरुको कुरा गर्दा बेल लगायत हामीसँग विश्वस्तरिय खेलाडी छन्, जसले टोलीलाई अघि बढाउन सक्छन् । बेल उत्कृष्ट खेलाडी हुन् र हामीलाई विश्वास छ उनीसँगै अन्य खेलाडीले रोनाल्डोको रिक्तता पुरा गर्न सक्नेछन्,’ उनले भने ।

लोपेटेगुईले बेल हाल टोलीसँग खुसी रहेको बताउँदै उनी रियलले लिएको लक्ष्यप्रति प्रतिबद्ध रहेको पनि बताए ।
स्रोत एजेन्सी

प्रतिक्रिया दिनुहोस्