Logo

भुपु पाण्डेको ‘आयो रे सावन आयो’ बोलको कवाली गीत सार्बजनिक(भिडियो)



Spread the love

युवा पुस्ताका अत्यन्तै लोकप्रिय गायक भुपु पाण्डेको ‘आयो रे सावन आयो’ बोलको फ्युजनसहितको कवाली गीत सार्बजनिक भएको छ। युवा पुस्ताका अत्यन्तै लोकप्रिय गायक पाण्डे समय सान्र्दभीक गीतको भिडियो निकाल्नमा माहीर छन् । युवापुस्तालाई ध्यानमा राखेर पाण्डेले बनाएको गीतको म्युजिक भिडियो पनि फरक शैलीको छ ।एक पछि अर्को हिट गीत दिँदै आएका पाण्डेको यो गीतले पनि दर्शक-स्रोताहरुको माया पाउने उनको विश्वास छ ।जस्तो सुकै प्याटर्न र लयमा भएका गितहरुलाई आफ्नो सुमधुर स्वरमा राम्रोसंग ढाल्न सक्ने क्षमता भएका गायक भुपु साङितिक क्षेत्रलाई उचाईमा पु¥याउन महत्वपूर्ण भूमिका खेल्न सक्छन भन्ने उनको गायन क्षमताबाट सजिलैसंग अनुमान गर्न सकिन्छ। जस्तो सुकै परिस्थिती र सबैसंग मिल्न सक्ने मिजासिलो स्वभावका पाण्डे आफुले अझै पनि दर्शकको रोजाई अनुुसार गितहरु बजारमा ल्याउने बताउछन।आफ्नो गेटअपका कारण चर्चामा रहने गायक पाण्डेले संगीतमा निकै मेहनत गर्ने गरेको बताउँछन् । ‘यो गीतमा केही फरक दिने प्रयास गरेको छु’, उनले भने, ‘कवाली फेलेभरमा रहेको गीतमा संगीत पनि निकै परक बनाउन खोजको छु ।’ आफ्नै संगीत र एरेञ्ज रहेको ‘आयो रे सावन आयो’ बोलको गीतको शब्द पनि पाण्डे आफैले लेखेका हुन् ।आफ्ना अघिल्ला गीतहरूबाट उत्साहित बनेका गायक पाण्डेले प्रत्येक गीतलाई फरक पहिचान दिने प्रयास गर्ने गरेका छन् । पाण्डेको पछिल्लो ‘छाता’ गीतलाई युट्युबमा यो समाचार तयार पार्दा सम्म ८ लाख ४० हजार भन्दा बढी पटक हेरिएको छ ।भिडियो पनि गायक पाण्डेले फरक शैलीमा निर्माण गरेका छन् । हरेक पटक नयाँ प्रयोग गर्दै आएका पाण्डेको यो गीत नेपाली कवालीमा ढालिएको छ । उनले म्युजिक भिडियोलाई आफ्नै युट्युब च्यानबाट रिलिज गरेका हुन् ।पाण्डेको नयाँ भिडियो ‘आयो रे साउन आयोे’लाई अनिल के मानन्धरले निर्देशन तथा छायाङ्कन गरेका हुन् । सुरसा ओझा, गायक स्वयम र अन्य कलाकारहरुको अभिनय रहेको यस भिडियोलाई सीलन लम्सालले सम्पादन गरेका हुन् ।

हेर्नुहोस् भिडियो:

https://youtu.be/jhSA2cRr3lQ

यो पनि हेर्नुहोस्

प्रतिक्रिया दिनुहोस्