Logo

अफगानिस्तानमा तीन विदेशी नागरिकहरूको हत्या



Spread the love

अफगानिस्तानको राजधानी काबुलमा तीन विदेशी नागरिकहरूको अपहरणपछि हत्या भएको अधिकारीहरूले बताएका छन् ।

आतङ्कवादसँग जोडेर हेरिएको उक्त घटनामा मारिनेमा भारत, मलेशिया र मेसेडोनियाका नागरिक रहेको बताइएको छ ।

मृतकहरू आफ्ना कर्मचारी भएको एउटा फ्रान्सेली खाद्य सेवा कम्पनीले पुष्टि गरेको छ।मारिएका मलेशियाली नागरिक ६४ वर्षका, भारतीय नागरिक ३९ वर्षका र मेसेडोनियाली नागरिक ३७ वर्षका थिए।

विमानस्थल जाँदै गरेका उनीहरूलाई गाडीबाट निकालेर लगिएको थियो ।उनीहरूका शव पछि काबुलको मुस्साही जिल्लामा फेला पारिए पनि अहिलेसम्म कसैले पनि हत्याहरूको जिम्मेवारी लिएको छैन।

केही वर्षदेखि अफगानिस्तानमा लडाकु वा आपराधिक समूहहरूले फिरौतीका लागि अपहरण गर्ने क्रम बढेको छ। प्रायःस्थानीय व्यक्तिहरूलाई नै उनीहरूले तारो बनाउने गरेका भए पनि विदेशीहरूको पनि अपहरण हुने गरेको छ। बिबिसी

प्रतिक्रिया दिनुहोस्