Logo

सल्यानमा स्थानीय तह पुनर्संरचनामा सहमति हुन सकेन, बैठक निष्कर्ष विहिन



Spread the love

salyan district

स्थानिय तह पुनर्संरचनामा प्राबिधिक सहयोग समिती सल्यानको बैठक बिना निष्कर्ष टुङगीएको छ ।

नयाँ संविधान अनुसार बनाउन लागिएको संघीय संरचनामा स्थानीय निकायको संख्यामा सहमति भएपनि सिमांकनको विषयलाई लिएर जिल्लामा विवाद झन बढ्न  थालेको छ ।  हिजो  शनिबारसम्म केन्द्रीय आयोगमा संख्या र सिमांकनको विषय टुंग्याएर पठाइसक्नु पर्ने भए पनि सिमांकनको विषयमा कुरा नमिल्दा जिल्ला प्राविधिक सहयोग समितिले पठाउन सकिरहेको छैन ।

३ नगरपालिका ७ गाउँपालिका सहित १० वटा स्थानीय निकाय बनाउनेमा दलहरुहरु एकमत भएका छन् तर दलहरू अन्य स्थानीय निकायको संरचनामा सहमति नजिक पुगेको भए पनि २, ४ र ७ इलाकामा बढी विवाद रहेको जिल्ला प्राबिधिक समितिका सदस्य सचिव पूर्ण बहादुर वलीले सल्लेरी खबरलाई वताए ।

प्रतिक्रिया दिनुहोस्