Logo

सरकार प्रति – विप्लव आक्रोशित: विभिन्न बिरोधका कार्यक्रम घोषणा



Spread the love

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य तथा प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्ड पक्राउ परेपछि ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी सरकार प्रति आक्रोशित बनेको छ ।

महासचिव विप्लवले जारी गरेको विज्ञप्तिमा साउन २५ गते देशव्यापी कोणसभा, २६ गते विरोधसभा, २७ गते भण्डाफोर, २८ गते मसाल जुलुस र २९ गते नेपाल बन्दको कार्यक्रम घोषणा गरिएको छ।

त्यस्तै महासचिव विप्लवले काठमाडौँको दक्षिणकालीबाट स्थायी समितिका सदस्य तथा प्रवक्ता प्रकाण्डसहित तीनजनालाई सरकारले बिनाकारण गिरफ्तार गरेको दावी समेत गरेका छन् ।

विप्लवले विनाशर्त नेता रिहाइ नगरे सशक्त प्रतिरोध गर्ने चेतावनी दिएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्