Logo

कमजोर वर्गलाई कर छुट : अर्थमन्त्री खतिवडा



Spread the love

सर्वसाधारणलाई करको बोझ लगाउने काम भएकोे भन्दै सरकारको चौतर्फी आलोचना भइरहेको बेला अर्थमन्त्री खतिवडाले कमजोर बर्गलाई कर नलगाउने स्पष्टिकरण दिएका छन् ।

 

आइतबार राजधानीमा आयोजित व्यवस्थापन गोष्ठीमा बोल्दै अर्थमन्त्री खतिवडाले कानुन नबनाई कर असुली नगर्न पनि सम्बन्धित सबै निकायलाई निर्देशन दिए त्यस्तै मन्त्री खतिवडाले दोहोरो कर नलिन र आफ्नो क्षेत्राधिकार बाहिर गएर कर असुल नगर्न पनि मातहतका निकायलाई सचेत गराए ।

अर्थमन्त्री खतिवडाले राज्यले निम्न वर्गलाई फाईदा हुने गरी विकास, निर्माण र सेवाको कामलाई अगाडि बनाउन कर लिने गरेको पनि स्मरण गराए । उनले करको दुरुपयोग हुन नदिने प्रतिवद्धता पनि व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्